संसद विघटनविरुद्ध एकजुट भएर सामना गर्ने सर्वदलीय बैठको निर्णय



काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको सर्वदलीय वैठक सम्पन्न भएको छ।

करिब एक घण्टा बसेको सर्वदलीय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी असंवैधानिक कदम चालेको हुँदा मंगलबार ३ वटै पार्टीको केन्द्रीय समितिको बैठक बसेर उक्त कदमका विरुद्ध के कसरी अगाडी बढ्ने भन्ने सम्बन्धमा साझा धाराणा तय गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

बैठकले संविधानको मर्म र भावना विपरित संसद विघटन गरिएको ठहर गर्दै तीन दलको केन्द्रीय समिति बैठकले प्रतिवादका कार्यक्रम तय गर्ने निश्कर्ष निकालेको नेकपा प्रवक्ता श्रेष्ठले बताए।

काँग्रेस केन्द्रीय सदस्य रमेश लेखककाअनुसार भोलि बस्ने नेकपा र काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिवादको पार्टी रणनीति बनाउने र त्यसपछि बस्ने सर्वदलीय बैठकले एकृकीत नीति लिने निर्णय भएको छ।

तस्विरः केबी थापा ‘सुमन’

बैठकमा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेता सहभागी थ्रिए। त्यस्तै नेकपाका तर्फबाट अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वर्षमान पुन, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू उपस्थित थिए।

जसपाबाट महन्थ ठाकुर, शरदसिंह भण्डारीलगायतको उपस्थिति रहेको थियो। आइतबार नै कांग्रेस, नेकपाको दाहाल-नेपाल समूह तथा जसपाका नेताहरूले अनौपचारिक छलफल गरेर संयुक्त विरोध कार्यक्रम गर्ने तय गरेका थिए।