कांग्रेस नेताहरुद्वारा सुनथराली विमानस्थलको निरिक्षण



कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटवाडमा विगत ३५ वर्षदेखि निमार्णाधिन अवस्थामा रहेको सुनथराली विमानस्थलको कांग्रेसका नेताहरुले अनुगमन गरेका छन्।

नेपाली कांंग्रेसका नेता तिलकप्रसाद न्यौपानेले २०४२ सालमा शिलान्यास गरेको विमानस्थलको कांग्रेस कालिकोटका नेताहरुले अनुगमन गरेका छन्।

३ दशकदेखि निमार्ण थालिएको विमानस्थलको कांग्रेसले अनुगमन गरेको हो। नेपाली कांग्रेस नरहरिनाथ गाउँपालिकाले आयोजना गरेको आमसभामा सहभागि हुन पुगेका कांग्रेस नेताले विमानस्थलको अनुगमन गरेका हुन्।

कांग्रेसका प्रभावशाली नेता भुपेन्द्रजंग शाही, प्रदेश सभा ‘ख’ का सभापति दमनबहादुर शाही, तरुण विभागका केन्द्रीय सदस्य मीनबहादुर बोगटीलगायतका नेताले विमानस्थलको अनुगमन गरेका थिए।

चार वर्षअघिको एउटा महत्वपूर्ण प्रयास

तत्कालिन संस्कृति, पर्ययटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीको सक्रियता र नेपाल तरूण दलका महासचिव भुपेन्द्रजंग शाहीको पहलमा २९ माघ २०७३ मा परीक्षण उडान गरिएको थियो।

६ सय ५० मिटर लामो विमानस्थलमा क्याप्टेन सन्तोष शाहको टीमले तारा एअरको विमान अवतरण परीक्षण उडान गर्न सफल भएपछि स्थानीयले कालिकोट देशका ठूला सहरसँगको हवाई सम्बन्धमा जोडिएको महसुस गरेका थिए। तर, त्यो महसुसले व्यवहारिकता प्राप्त गर्न सकेन।

मन्त्री शाहीले २०७३ फागुनको दोस्रो सातादेखि नियमित उडान गर्ने गरी कार्यालय तथा मानवस्रोत व्यवस्थापनको काम भएको र सम्वद्ध निकायलाई निर्देशनसमेत दिएका थिए। तर, निर्देशन केवल निर्देशनमै सिमित भयो। उनको कार्यकालमा जहाज परिक्षण अवतरण नै उपलब्धि बनेको थियो।

यो पनि पढ्नुहोस्

मुख्यमन्त्री शाहीद्वारा सुनथराली विमानस्थलको निरिक्षण