काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रधानमन्त्री र राष्ट्रपतिद्वारा विघठित प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ।
सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गरेको छ।
‘वैठकबाट पारित प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधिसभाको नियमित कार्य अघि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ। प्रधामन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको डटेर सामना गर्ने संकल्प गर्दछ।’ सांसदहरुको भेलाले बुधबार नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ।