काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको निर्णय असंवैधानिक भएको र प्रतिनिधिसभा विघटन नभएको दाबी गरेका छन्।
सोमबार संसद भवन वानेश्वरमा बोलाइएको नेकपा सांसदहरुको बैठकमा भाग लिन पुगेका नेता नेपालले संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको र बाटोमा हिड्दै गर्दा ओलीले गरेका निर्णय मान्य नहुने बताए।
प्रधानमन्त्रीले निरंकुश तरिका अवलम्बन गरेको भन्दै उनले भने, यसको विरोध गर्छौं र संसद विघटित भएको ठान्दैनौं। प्रधानमन्त्रीले गरेको असंवैधानिक परिसर राष्ट्रपतिले स्वीकार गर्नु खेदजनक छ। राष्ट्रपतिज्यूले जुन हिसावले स्वीकार गर्नुभयो, त्यो खेदजनक छ । बाटोमा हिँड्दाहिँड्दै निर्णय गर्नुभयो। अ िउँहाले भनेको हामीले मान्दिनुपर्ने ?’
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपाका बहुमत सदस्य बहुमत संसद विघटनको विपक्षमा रहेको स्मरण गराउँदै प्रतिनिधिसभाको ९० जनाको हस्ताक्षर भइसकेको जानकारी दिए। उनले अगाडि भने, ‘दुईमन्त्री, रघुवीर महासेठलगायत जोड्दा ९५/१०० जना हुन्छ राष्ट्रियसभामा पनि २४ हस्ताक्षर भइसकेको छ।’ उनले अघि भने, ‘संसदीय दलमा पनि उहाँ बहुमतमा हुनुहुन्न, नेतामा रहन योग्य हुनुहुन्न।’
त्यस्तै नेकपाका नेता मातृका यादवले पनि ओलीको कदमलाई प्रतिगमन भएको र संसद विघटन नभएको जिकिर गरेका छन्। बानेश्वरको बैठकमा सहभागि हुनुपूर्व नेकपाका नेताहरुले कानूनी विदहरुसँग सल्लाह लिएका थिए।
तस्बिर: मुकुन्द कालिकोटे