तस्बिर:मुकुन्द कालिकोटे
काठमाडौँ। संसद विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला सुरु भएको छ।
काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला सुरु भएको छ। यो भेलालाई प्रचण्ड पक्षले संसदीय दलको बैठकका रुपमा ब्याख्या गरेको छ। भेलामा प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलगायत सहभागी छन्।
भेलामा संसद विघटन गरिसकेपछिको अवस्थामा कसरी प्रस्तुत हुने ? भन्ने विषयमा छलफल केन्द्रित बन्नेछ। ओलीले संविधानविपरित संसद भंग गरेको भन्दै प्रचण्ड-नेपाल पक्ष राजनीतिक र कानुनी उपचारमा जाने निष्कर्षमा पुगेको छ।