माइतीघरमा नारा, ‘केपी-विद्या पाराले, दुःख पाए साराले’


काठमाडौँ। केपी ओलीको असंवैधानिक कदमपछि देशभर विरोध प्रदर्शन सुरु भएको छ।

आइतबार बिहान संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष पेश गरेपछि विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि उनीहरुको विरुद्धमा नेकपाकै भ्रातृ संगठनका नेता कार्यकर्ताहरु माईतीघरमा पुगेर विरोध प्रदर्शनमा उत्रिएका हुन्।

आइतबार अपरान्ह माइतीघरमा निकालिएको प्रदर्शनमा पूर्वसभामुख ओनसरी घर्ती मगरलगायत सहभागी छन्।