पाँच जना मन्त्रीहरुद्वारा सामूहिक राजिनामा !



काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने भएका छन्।

उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारीमा छन्। यसैबीच माधव नेपाल समूहबाट मन्त्री भएकाहरुले भने राजीनामाका बारेमा निर्णय लिने बुझिएको छ।

उनीहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेर मात्रै के गर्ने भन्ने निर्णयमा पुग्ने एक मन्त्रीले जानकारी दिए। संसद विघटन गर्ने ओेलीको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुन, घनश्याम भुषाल, योगेश भट्टराईलगायतले विरोध गरेका थिए।