उखु किसानको पैसा नदिने मालिक पक्राउ


काठमाडौँ। उखु किसानको मुल्य भुक्तानि गरेको आरोपमा अन्नपूर्ण चिनी मिलका मालिक प्रहरीले पक्राउ गरेको छ।

मिलमा मुख्य संचालक राकेश कुमार अग्रवाल नभेटिएपछि प्रशासनले उनकी श्रीमती तथा उद्योग संचालक प्रभाव अग्रवाललाई पक्राउ गरेको जनाएको छ। सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक अग्रवालमाथि जिल्ला प्रशासन कार्यालय, सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो।

उखु किसानको वर्षौदेखिको करोडौं रकम भुक्तानी नदिएका कारण प्रशासनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तर, अग्रवाल फरार रहेकाले प्रशासनले उनकी श्रीमतीलाई आज पक्राउ गरेको हो।