अन्जु पन्त र सर्विनको स्वरमा नयाँ गीत (भिडियोसहित)


काठमाडौँ। लोकप्रिय गायिका अन्जु पन्त र गायक सर्विन बोगटीको सुमधुर आवाजमा नयाँ गीत बजारमा आएको छ।

‘तिम्रै पिरमा जान्छ दिन रात’ बोलको आधुनिक गीतमा स्वर्णिम शाहीका मार्मिक शब्द रहेका छन्। त्यस्तै लोकप्रिय संगीतकार बिबि अनुरागीको कर्णप्रिय संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा विपन्नहरुको अवस्था, युवाहरु पलायन हुनुपर्ने बाध्यताहरुलाई देखाउने प्रयास गरिएको छ।जिवि आग्रीको निर्देशनमा तयार पारिएको गीतको छायाँकन मिन रावल र दया चौधरीले गरेका हुन् भने मिन रावलले नै म्युजिक भिडियो सम्पादन गरेका छन्।

गीतमा भिम खड्का र लक्ष्मी सुनारको अभिनय देख्न सकिन्छ। बाल कलाकारमा प्रान्सु खढायत छन्। गीत गायक बोगटीको अफिसियल युट्युवमार्फत सार्वजनिक गएिको छ।

भिडियो हेर्नुहोस्