काठमाडौँ। नेकपाको विवाद उत्कर्षमा पुगेको बेला प्रचण्डलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली ३ बर्षपछि खुमलटारमा पुगेका छन्।
ओली कार्यकारी अध्यक्ष प्रचचण्डलाई भेट्न ११ बजे खुमलटार पुगेका हुन्। नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रचण्ड–माधव नेपाल समूहले ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरुले ओलीलाई सरकार र पार्टीको नेतृत्व छाड्न दबाब दिँदै आएका छन्।
तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान लिइरहेका ओली विभिन्न हतकण्डा अपनाइरहेका छन्। पार्टीभित्र अल्पमतमा परेका ओलीमाथि प्रचण्ड–नेपाल पक्षको चर्को दबाब छ।
पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष झन् आक्रोशित बनेको पाईनछ। अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले शुक्रबार मात्रै दिएका थिए।
प्रधानमन्त्री खुमलटार जाने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था शनिबार बिहानैबाट कडा पारिएको थियो। ओली यसअघि २०७४ सालमा खुमलटार गएका थिए।