तस्बिर/भिडियो: मुकुन्द कालिकोटे
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्र देखिएका विवादका झाकीहरु अस्थायी भएको र केही दिनमै हराउने दाबी गरेका छन्।
आर्थिक पत्रकार संघका पदाधिकारीहरुसँगको भेटमा महासचि पौडेलले पार्टीभित्रको विवादका झाकीहरु केही दिनमै साम्य हुने बताएका हुन्। उनले भने, ‘निर्वाचनबाट बनेको सरकार र संविधानले नै अस्थिरतालाई अस्विकार गरेको अवस्था हो। हाम्रो पार्टीभित्र केही बादलका कर्णहरु आएका छन्। यि विवादका झाकीहरु केही छिनमै, केही दिनमै हराएर जान्छन्। स्थिरता, विकास र समृद्धिका लागि प्राप्त जनादेशलाई लिएर आर्थिक क्रान्तिका लागि नेकपा सरकार लागि रहेको छ।’
संविधानको रक्षा, स्थिरता र विकासमा सरकार इमान्दारपूर्वक लागि रहेको दाबी गरेका महासचिव पौडेलले पार्टीभित्रको विवादलाई अस्थायी परिदृश्य भएको समेत दाबी गरेका छन्।
सरकार बनेदेखि नै आन्तरिक विवाद र कहलमा फसेको सत्तारुढ नेकपाको आन्तरिक विवाद चर्मोत्कर्षमा पुगेको टिप्पणी भइरहेका बेला महासचिव पौडेलले अस्थायी परिदृश्यहरु हुन्भन्दै गर्दा अध्यक्ष प्रचण्ड-नेपाल पक्षले पेसिसडाँडाबाट प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कदमका विरुद्धमा जुनसुकै याक्सन लिने चेतावनि दिइरहेका थिए।