अध्यादेश फिर्ता नगरे कडा कदम चालिन्छ: अध्यक्ष प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नगरे कडा कदम चाल्ने चेतावनि दिएका छन्।

शुक्रबार अध्यक्ष प्रचण्ड-नेपाल निकटका प्रदेश १ का नेताहरुको भेलामा सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो चेतावनि दिएका हुन्। अध्यक्ष ओलीसँग अध्यादेश फिर्ता गर्ने बाहेक अर्कोे विकल्प नभएको प्रचण्डको दाबी छ।

उनले भने, ‘असंवैधानिक र अराजनीतिक अध्योदश फिर्ता गर्ने पार्टी निर्णय हो। यसको अवज्ञा गरे हामी कडा कदम चाल्छौं। प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्ने योजनाका साथ एकपछि अर्को कदम चालिरहनु भएको छ। यसको सामना उचित ढंगले गरिन्छ।’