पुटिनले भने, ‘रुसको स्वार्थका लागि जे पनि गर्छु’



काठमाडौँ। पश्चिमा शक्तिहरुले आफ्नो वाचा कायम राख्न नसक्दा रुससँग उनीहरुको सम्बन्ध बिग्रिएको दाबी भ्लादिमिर पुटिनले गरेका छन्।

यस वर्षको अन्तिम पत्रकार सम्मेलनका दौरान पुटिनलाई बीबीसीका पत्रकार स्टिभ रोसेनवर्गले सोधे, ‘रुस र पश्चिमा देशको सम्बन्धको व्याख्या गर्ने क्रममा निरन्तर रुपमा ‘नयाँ शितयुद्ध शब्दावली प्रयोग हुँदै आएको छ ? रुसले निरन्तर रुपमा विदेशी शक्तिहरुले तनाव बढाएको आरोप लगाउँछ, चाहे अमेरिका, नाटो वा बेलायतमाथि नै किन नहोस् ? तर तपाई आफैं २० वर्षदेखि सत्तामा हुनुहुन्छ, आफुु पनि जिम्मेवार छु भन्ने तपाईलाई लाग्छ कि लाग्दैन? के रुसी अधिकारीहरु पूर्ण चोखो छन्?’

यसपछि पुटिनले जवाफ दिए,‘ मलाई लाग्छ रुसमा जे भइरहेको छ, त्यसका लागि हामी जिम्मेवार छौं। यहाँका जनताप्रति जिम्मेवार छौं। रुसको स्वार्थका लागि म जे पनि गर्छुु। जहाँसम्म चोखो भन्ने कुरा छ, तपाईहरुभन्दा (पश्चिमा शक्ति) हामी चोखो छौं।

किनकी सोभियत तानाशाहबाट मुक्त भएर आफ्नै ढंगले विकास गर्न चाहने जनता र देशहरुलाई स्वतन्त्र गराउने निर्णय ग¥यौं। त्यतिबेला पूर्वी युरोपमा नाटो बिस्तार हुँदैन भन्ने प्रतिवद्धता हामीले सुनेका थियौं। तर, तपाईहरुले बोली कायम राख्नुभएन।’