कोरोनाले महिलाभन्दा बढी पुरुषको ज्यान लिने कारण पत्ता लागेन 



काठमाडौँ। अधिकांश देशहरूमा महिलाहरू पुरुषहरूभन्दा धेरै उमेरसम्म बाँच्ने गर्छन् र कोभिडबाट ज्यान गुमाउनेहरूमा पुरुषभन्दा महिला कम छन् अधिकांश देशहरूमा महिलाहरू पुरुषहरूभन्दा धेरै उमेरसम्म बाँच्ने गर्छन् र कोभिडबाट ज्यान गुमाउनेहरूमा पुरुषभन्दा महिला कम छन्।

ज्यानुअरी २०, २०२० मा जब चीनको वुहानमा देखा परेको नयाँ रहस्यमय रोगबारे निकै कम जानकारी थियो, तब एकजना अनुवंशविद् डा.श्यारन मोआलेमले ट्विटरमा एउटा सशक्त भविष्यवाणी गरे।

वुहान अक्यूट रेस्पिरटरी सिन्ड्रमबाट किन महिलाभन्दा धेरै पुरुषहरूको ज्यान जानेछ भनेर न्यूयोर्कमा दुई दशकदेखि दुर्लभ आनुवंशिक रोगहरूमाथि अनुसन्धान गर्दै आएका यी ४३ वर्षीय क्यानडेली चिकित्सकले ट्वीटरमा भनेका थिए।

उनको अनुमान सही निस्कियो। ग्लोबल हेल्थ ५०/५० को तथ्याङ्कअनुसार लगभग सबैजसो देशमा कोभिडका कारण महिलाभन्दा धेरै पुरुषको मृत्यु भइरहेको छ।