नेकपा स्थायी कमिटी बैठक सम्पन्न



तस्बिरः मुकुन्द कालिकोटे

काठमाडौँ। बुधबार अपरान्ह ४ बजे बसेको नेकपाको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ।

बैठकले सरकारद्वारा जारी संवैधानिक परिषदसम्बन्धि अध्यादेश फिर्ता लिने र राष्ट्रपति समक्ष पेस गर्न लागिएको विशेष संसद आह्वानलाई स्थगित गर्ने निर्ण गरेको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको आगामी बैठक पुस पाँच गते बस्ने र पुस पाँच गते तोकिएको केन्द्रीय समितिको वैठक पुस १० गते बस्ने जानकारी दिएका छन्।