बर्दियाका सुकुम्वासीहरुले एक वर्षभित्र जग्गा पाउछन्: सांसद बिक



काठमाडौँ। प्रतिनिधिसभा सदस्य बिमला विकले वास्तविक भूमिहिनहरुको पहिचान गरेर एक वर्षभित्र जग्गा उपलव्ध गराउने प्रतिवद्धता गरेकी छन्।

बुधबार ठाकुरवावा नगरपालिका १ स्थित भुमि समस्या समाधान आयोग, पालिका स्तरिय लगत संकलन ईकाइ कार्यालयको उद्घाटन गर्दै माननीय विकले उक्त प्रतिवद्धता जनाएका हुन्। उनले लामो समयदेखि भूमिहिन नागरिकहरुमाझ रहदै आएको समस्यालाई अन्त्य गरिनेसमेत बताइएकी छन्।

कार्यक्रममा ठाकुरवाव नगरपालिकाका मेयर घननारायण श्रेष्ठले वास्तविक सुकुम्बासीको लगत तयार गरी जिल्ला सुकुम्बासी आयोगलाई सिफारिस गरिने बताइन।

मेयर श्रेष्ठले भोली पौष २ गतेबाट नै लगत संकलनको कार्य सुरु गरिने बताइन। कार्यक्रममा प्रदेश सभा सदस्य लौटी थारु, उपमेयर आस्था थारु, कार्यकारी अधिकृत रामहरी रिजाल, नेपाली कांग्रेसका ठाकुरवावा सभापति दिपक तिमिल्सिना र नेकपा ठाकुरवावाका अध्यक्ष चक्र भण्डारीलगायतको उपस्थिति थियो।