चर्काे विरोधपछि अध्यादेश फिर्ता: ओलीसहित बालुवाटारमा बैठक सुरु



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः अध्यादेश फिर्ता लिने अवस्थामा पुगेका छन्।

प्रचण्ड र ओलीबीचको छलफलपछि अध्यादेश फिर्ता लिने सहमति जनाएका ओली (नेकपा) को स्थायी कमिटी बैठकमा उपस्थित भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह करिब ४ बजे बैठक सुरु भएको छ। बैठकका लागि दिउँसोदेखि नै स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगेका थिए।

तर, अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफलका कारण बैठक ढिला बसेको हो। छलफल सकिएपछि ओलीसमेत सहभागी भएर बैठक सुरु भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री सहभागी भएको जानकारी दिएका छन्।