काठमाडौँ। नेपाली कांग्रेसका सह-महामन्त्री सुनिलबहादुर थापाले राजनीतिक पार्टीको आग्रहलाई मनन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल अध्यादेश फिर्ता लिन आग्रह गरेका छन्।
बुधबार एक विज्ञप्ति जारी गरेर थापाले संवैधानिक परिषदसम्बन्धित जारी गरिएको अध्यादेश संविधानविपरित भएको भन्दै तल्काल फिर्ता लिन आग्रह गरेका हुन्। साथै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारले गरेका निर्णयहरुलाई हतार हतारमा प्रमाणिकरण गरेर विवादमा नमुछिने अनुरोध गरेका छन्।
जारी विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक व्यवस्थाअनुसार शक्तिपृथकीकरणका आधारमा व्यवास्थापिका, कार्यपालिका र न्यायपालिका समान रुपमा रहेका छन्। तर, व्यवस्थापिका संसदलाई छलेर बारम्बार अध्यादेश ल्याउने काम सरकारबाट भइरहेका छन्। यसरी संविधान, कानून र ऐनमाथि निरन्तर आक्रमण गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउने प्रयास त होईन ?’
राष्ट्रपति कुनै व्यक्ति नभएर मुलुकको अभिभावकत्व संस्था भएकोले स्वयंले पनि विवादमा नआउन सचेत हुनुपर्ने नेता थापाको सुझाव छ।
विज्ञप्ति हेर्नुहोस्