काठमाडाैँ। बुढानिलकण्ठ स्थित नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवासमा नेपाली काङ्ग्रेसको पुर्व पदाधिकारी तथा पदाधिकारी बैठक सुरु भएको छ।
सो बैठकमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, अर्जुन नर सिंह केसी, विश्वप्रकाश शर्मा, विजय कुमार गच्छदार, प्रकाशमान सिंह, पुर्णबहादुर खड्का, मिलेन्द्र रिजाल, गोपालमान श्रेष्ठलगाएत करिब २० जना नेताहरुको उपस्तिथि रहेको छ।
बैठकमा नेपाल सरकारले हिजो ल्याएको संबैधानिक परिषदको सम्बन्धि अध्यादेशको विषयमा छलफल हुने बुझिएको छ।