कांग्रेसले बोलायो आकस्मिक बैठक



काठमाडौँ। सरकारले स‌वैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेपछि नेपाली का‌ग्रेस पूर्व तथा वर्तमान पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको बुझिएको छ। बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीकण्ठमा बैठक बोलाइएको एक स्रोत जनाएको छ।