संवैधानिक परिषदको बैठकपछि ओली पुन: शीतलनिवासमा



काठमाडौँ। मंगरबार साँझ बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली पुन: शीतलनिवास प्रवेश गरेका छन्।

प्रधानमन्त्रीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि त्यसको पार्टीभित्र र बाहिर समेत चर्को विरोध भइरहेको छ। यद्यपी, नयाँ अध्यादेश ल्याएपछि बसेको बैठकले कुनै निर्णय नगरेको बताइएको छ।

बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका विषयमा छलफल गरेपनि कुनै निर्णय नगरेको राष्ट्यिसभाका अध्यक्ष समेत रहेका गणेश तिमिल्सनाले जानकारी दिए।