बालुवाटारमा संवैधानिक परिषदको बैठक जारी



काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा संबैधानिक परिषदको बैठक जारी छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको उपस्थिति रहेको छ।

संबैधानिक परिषदका सदस्यद्वय सभामुख अग्निप्रसाद सापकोटा र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने सहभागी भएका छैनन्। संबैधानिक परिषदको बैठकबाट विभिन्न आयोगहरुमा नियुक्ति गर्न सबै सदस्य बैठकमा उपस्थिति हुनुपर्ने बाध्याकारी नियमलाई संसोधन गर्न आज नै मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन।

उक्त अध्यादेशमा बहुमत सदस्यले बैठक बसेर निर्णय गर्न मिल्ने गरि कानून संसोधन गरेको बुझिएकोछ। नयाँ अध्यादेश जारी अनुसार ३ जना मात्रैले पनि कोरम संख्या पुग्ने भएकाले संबैधानिक बैठक बसको हो। साथै रिक्त रहेको संबैधानिक निकायहरुको नियुक्ति गर्न सक्ने संभावना रहेको छ।