उखु किसानको आन्दोलनमा प्रवक्ता शर्मा (भिडियोसहित)



काठमाडाैँ। राजधानीको माइतीघरमा जारी उखु किसानहरुको आन्दोलनमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ऐक्यवद्धता जनाएका छन्।

आइतबारदेखि माइती घरमा उखुको मूल्य नपाएको भन्दै किसानहरुले सुरु गरेको प्रदर्शनमा मंगलबार पवक्ता शर्माले ऐक्यवद्धता जनाएका हुन्। उनले भनेका छन्, ‘संर्घषलाई ऐक्यवद्धता जनाउन म यहाँ आएको हुँ। किसानहरु उखुको मूल्य खोज्न काठमाडौँमा आएको भन्दापनि यो देशमा सरकार छ कि छैन ? भन्ने प्रश्न हो। उद्योगीहरुको समस्याहरु आफ्नो ठाउँमा होलान्। तर, राज्यले उखु किसानहरुको समस्या समाधानका लागि तत्पर हुनुपर्ने हो। राज्यले समन्वय गर्नुपर्छ।’

पवक्ता शर्माले अघिल्लो वर्षको चिसोमा पनि किसानहरु आफ्नो पसिनाको मूल्य माग्न काठमार्डौँ आएको स्मरण गराउँदै सरकार किसानप्रति इमान्दार नभएको टिप्पणी गरेका छन्। उनले भने, ‘सोमबार सरकारका जिम्मेवार मन्त्री भन्नु भएछ, ‘माइतीघरमा आएका उखु आन्दोलनकारीहरु असली किसान होइनन्’ यसको मथलव सरकारले माफियाहरु चिन्छ। घुसखोरीलाई चिन्छ। निर्वाचनका बेला किसान चिन्ने, असहजतामा साथ नदिने नेकपाको व्यवबहार देखियो।’

उखु किसानहरुको मागहरुलाई सरकारले तत्काल सुनुवाइ गर्नुपर्छ भन्दै प्रवक्ता शर्माले भने, ‘मन्त्रालयको कुर्चीमा खुट्टा हल्लाउदै माइतिघरमा आएका उखु किसानलाई किसान होइनन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीजिले यहाँ आउनुपर्यो। हेर्नुपर्यो यि किसानहरु को हुन्?’

तस्बिर: मुकुन्द कालिकोटे