कांग्रेस जागेकै हो ? (फोटो फिचर)



काठमाडाैँ। यहि मंसिर १७ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले तनहुँमा पक्राउ गर्यो। कांग्रेसको चर्को दबाब र चेतावनीपछि नेता पौडेललाई तीन घण्टा हिरासतमा राखेर छाडेको थियो।

नेकपाको सरकार गठन भएयता शान्त र शालिन देखिएको कांग्रेस तहुँन घटनाले ब्युझिएको टिप्पणी गर्नेहरु पनि छन्। तर, कांग्रेस आजका दिनसम्म पनि सरकारका गलत धन्दा विरुद्ध किन बोलेन ? किन बोल्न चाहेन ? किन बोल्न उचित ठानेन ? वा किन चुपचाप बस्यो ? यि प्रश्नको उत्तर भने सजिलो छ।

कांग्रेसभित्रको एउटा पक्षले प्रधानमन्त्री केपी ओलीले आगामी निर्वाचनसम्मै सत्ता चलाउन सकेभने चुनावमा कांग्रेसलाई फाइदा हुन्छ भन्नेमा थियो। त्यस्तै अर्को पक्ष कांग्रेसलाइ फाइदा र घाटाको कुरा दोस्रो कुरा हो, देशलाई ओली रहिरहेको खण्डमा घाटा हुन्छ भन्नेमा छ।

यसैबीच रामचन्द्र पक्राउ घटनाले कांग्रेसलाई सरकारका विरुद्ध सडकमा आउनै पर्ने नैतिक दबाद दियो। केही केहीले त सुतेको कांग्रेसलाई ओली सरकारले ब्युझाउने काम गर्योसमेत भनेको सुनिन्छ। तथापी सरकारको विरुद्धमा कांग्रेसी नेता कार्यकर्ताहरु सडकमा आएका छन्। हेरौं ओली सरकारलाई सडकबाटै सोझो बाटो हिडाउन सक्छन् या के गर्छन ?

सोमबारको विरोध र्यालीमा केही रोचक पक्षहरु देखिन्थे। कोरोना कहर अझैंबाँकी रहेको बेला कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शनमा कांग्रेसका कार्यकर्ताहरुको उपस्थिति बाग्लै थियो। तर, कोही डराई डाराई सरकारका विरुद्धमा नारा लगाई रहेका थिए। कोही कराई कराई विरोध गरिरहेका थिए।

कोरोनाका कारण डराई डराई विरोध प्रर्दशनमा आएकाहरु र कोरोनाको कुनै प्रवाह नगरी सरकारका विरुद्धमा चर्को नाराबाजी गरिरहेका देखिन्थे। नेविसंघ महामन्त्री मनोज वैद्य, नेविसंघ आरआरका सचिव अनुराग शाह खासगरी जुलुसलाई नेतृत्व गरिरहेका देखिन्थे। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका विरुद्धमा चर्को नाराबाजी गरिरहेका थिए।

तस्बिरः मुकुन्द कालिकोट/विनोद कटुवाल