संवैधानिक परिषदको बैठक साँझ पाँच बजे बस्ने



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै ९ बजे बोलाएको संवैधानिक परिषदको बैठक अनौपचारिक रुपमा सम्पन्न भएको छ।

सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठकले औपचारिकता नपाएको हो। परिषदका सदस्यसमेत रहेका सभामुख सापकोटा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट रहेकाले परिषदको बैठकमा नगएको स्रोतको भनाई छ।

अनौपचारिक वैठकमा प्रधानमन्त्री ओली, विपक्षि दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, सर्वोच्च अदालका प्रधानान्यायाधीश चोलेन्द्र जबराको उपस्थिति रहेको थियो।

आइतबार संघीय संसद सेवा दिवस परेकाले बैठकमा नगएको बताएका सापकोटाले मंगलबार भने अध्यक्ष र सदस्यहरुवीच समन्वयको अभाव भएको भन्दै बैठकमा नआउने जानकारी गराएको बुझिाएको छ।

अख्तियार, निर्वाचन आयोगलगायत विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ पदाधिकारीको नियक्तिका लागि प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाउँदै आएपनि बस्न सकेको छैन।