विवादमा मुछिएका काफ्लेमाथि कारबाही नभएको आरोप



काठमाडौँ। दोलखा जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ८ का स्थानीय नेता भैरव काफ्लेका अनैतिक क्रियाकलापमा नेपाल कम्युनिष्ट पाटी ‘नेकपा’ शैलुङ मौन बसेको पाइएको छ।

श्री चण्डिका निम्न माध्यामिक विद्यालयका अध्यक्ष, शैलुङ ८ कै मिलमिलाप केन्द्रका संयोजक तथा सारदा माविका अभिभावक संघका अध्यक्ष र गापाको शिक्षा प्रतिनिधिसमेत रहेका काफ्लेलाई नेकपा शैलुङ दोलखाले संरक्षण गरेको पाइएको हो।

गापाका स्थानीय तथा विभिन्न पेशा व्यवसाय गर्ने व्यक्तिहरुले काफ्लेमाथि अनैतिक र तथा आपत्तिजनक क्रियाकलापमा संलग्न रहेको भन्दै गत असोज २८ गते कारबाहीका लागि निवेदन दिएका थिए। तर, नेकपा शैलुङले आजसम्म पनि काफ्लेमाथि कुनै प्रकारका कारबाही अघि बढाएको छैन।

शैलुङ वडा नम्वर ८ का वडा अध्यक्ष रामेश्वर उप्रेती, स्थानीय चौकी, सम्बन्धित स्कुल प्रशासनलाई समेत निवेद दिएको एक स्थानीय बताउँछन्। निज काफ्लेले असोज ९ गते साँझ सामाजिक सञ्जाल म्यासेन्जरमा स्थानीय एक महलिाको अर्धनग्न तस्बिर पोष्ट गरेका थिए। उक्त विषयलाई लिएर काफ्लेको चर्को विरोध र राजिनामाको माग गरिएको थियो।

यसका सन्दर्भमा शैलुङ नेकपाका इन्चार्ज रिमालबाबु श्रेष्ठले दुई महिना पहिलेनै सामान्य छलफल भएको बताए। उनले भने, ‘भैरव काफ्लेका बारेमा पार्टीमा कुरा आएको थियो। उहाँले बाईमिस्टेक म्यासेन्जरमा अश्लिल तस्बिर सेयर भएको बताएपछि सेचत गराएका थियौं।’