नेविसंघद्वारा सिठ्ठि जुलुस प्रदर्शन


काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले देशैभर सिट्ठी जुलुस प्रदर्शन गरेको छ।

सोमबार कांग्रेसले सरकारविरुद्ध गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यानमा आइतबार साँझ नेविसंघले सिट्ठी जुलुस निकालेको हो। काठमाडौँमा केन्द्रीय समितको आयोजनामा त्रिचन्द्र क्याम्पस नजिकबाट नेविसंघले जुलुस निकालेको थियो।

संकटको बेलामा सरकार केवल सत्तामा मात्र केन्द्रित भएकोले सरकारलाई सुनाउन सिट्ठी फुकेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए। साथै सोमबारको कार्यक्रमको प्रचारका लागि पनि देशैभर सिट्ठी जुलुस निकालिएको नेविसंघले जनाएको छ।