काठमाडौँ। संविधान सभा सदस्य तथा कांग्रेसकी नेता कौसर साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन्।शनिबार पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका थिए।
कौसर साहको राजनीतिक यात्रा
पद्यकन्या क्याम्पसबाट नेविसंघको राजनीतिमा आवद्ध भएकी कौसर २०५८ सालबाट नेपाली कांंग्रेसको सक्रिय राजनीतिमा लागेकी थिइन्।
काठमाडौँ महानगरपालिकाको नेपाली कांग्रेसको नगर सदस्य, काठमाडौँ क्षेत्र नं ६ को कोषाध्यक्ष, मुस्लिम सङ्घको केन्द्रीय उपाध्यक्षको जिम्मेवार सम्हालि सकेकी साह २०६२र०६३ सालको जनआन्दोलनमा चार पटक जेल परेकी थिइन्।
२०६४ मा कांग्रेसबाट समानुपातिक उम्मेदवार बनेकी थिइन्। दोस्रो संविधानसभाको निर्वाचनबाट नेपाली कांग्रेसको मुस्लिम कोटाबाट संविधानसभा सदस्य भएकी थिइन्। काठममाडौं निवासी साह कांग्रेससको १३औं महाधिवेशनमा मुस्लिम कोटाबाट महाधिवेशन प्रतिनिधि रहेकी थिइन्।