काठमाडौँ। (कोभिड १९) का कारण पीडित बनेका विभिन्न क्षेत्रका पेशा व्यावसायिहरुले सर्वपक्षिय पेशागत संघर्ष समिति घोषणा गरिएको छ।
शनिबार कोरोना महामारी पीडित सर्वपक्षिय पेशा व्यवसायिक संघर्ष समितिले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा विभिन्न पेशा व्यावसायिहरुको वर्तमान समस्या, चुनौती र समाधानको लागि सरकारसँग समन्वय गर्ने उद्देश्यले उक्त संघर्ष समित घोषणा गरिएको हो।
संयुक्त संघर्ष समितिले (कोभिड १९) बीचको समय अवधिभरिको घर भाडा राज्यले व्यहोर्नुपर्ने, नौ महिनाको बैंकको किस्ता र ब्याज खारेज गर्नुपर्ने, किस्ताको समय अवधि थप गर्नुपर्ने, उद्योग र व्यावसायीले चलाएका मजदुर, कर्मचारीको तलब आधि राज्यले व्यहोर्नुपर्ने र आधि सम्बन्धित उद्योग व्यावसायिक संघ संस्थाले बेहोर्नु पर्ने जस्ता माग अघि सारेको छ।
कार्यक्रममा नेपाल निर्माण संघ, सार्वजनिक यातायात संघ, ट्याक्सी व्यावसायिक, प्यापसन, एन प्यापसन, क्याटिङ तथा पाटिप्यालेस, हान, टान, नाटा,आयूर्वेद व्यावसायिक, पर्यटक यातायात व्यावसायिक, महिला उद्योमी व्यावसायिक, नेपाल बोतल एसोसिएसन, अभिभावक नेपाललगायतका संगठनहरुको उपस्थिति रहेको थियो।
(कोभिड १९) ले सिर्जना गरेको अवस्थाका कारण प्रभावित पेशा व्यावसायीहरुको समस्या सम्बोधन सरकारले नगरेको संयुक्त पेशा व्यावसायिक संघर्ष समितिले जनाएको छ। उनीहरुले वर्तमान सरकारले पेशा व्यावसायीहरुको वास्ता नगरेको, दुःख, पीडा र मर्मलाई नबुझेको कारण आन्दोलित हुनुपर्ने अवस्था आएको संघर्ष समितको भनाई छ।
कार्यक्रममा संयुक्त पेशा व्यवसायिक संघर्ष समितिका अध्यक्ष कर्णबहादुर शाही र सार्बजनिक यातायात व्यवसायिका कार्यबाहक अध्यक्ष किरण रिजालले आफूहरुका माग पूरा गर्नका लागि सरकारलाई दबाब दिने बताए।