गर्भवती आमा समूह अभिमूखिकरण गोष्टि सम्पन्न



जुम्ला। कर्णाली प्रदेशको विकट जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकामा गर्भवती स्वास्थ्य आमा समूह अभिमूखिकरण गोष्टि सम्पन्न भएको छ।

गाउँपालिकाद्वारा गापाभित्र रहेका गर्भवती महिला र सुनौलो हजारदिनभित्रका आमाहरुको समूह बनाई हरेक महिनाको २८ मनाउँदै आएको छ।

यस आर्थिक वर्षको साउनदेखि सञ्चालन हुँदै आएको उक्त कार्यक्रमलाई थप प्रभावकारि बनाउनका लागि अभिमुखिकरण गोष्टि सञ्चालन गरिएको गापाले जनाएको छ।

मातृ मृत्युदर, शिशु मृत्युदर, बालमृत्युदर र कुपोषण घटाउने तथा सुत्केरी आमाहरुको जीवन सुरक्षाको सुनिश्चितता गर्ने, गर्भवती जाचको पाटोकल अनुसार चेकजाच गर्ने कार्यमा सहयोग, गर्भवती भएदेखि सुत्केरी हुँदासम्म अरु स्वास्थ्य सेवाका बारेमा जानकारी गराउने, घरमा हुने सुत्केरी दरलाई शून्य बनाई स्वास्थ संस्थामै सुत्तेकरी गराउने कार्यक्रमको मुल उद्देश्य रहेको सिनिय अहेव प्रेमबहादुर रावलले जानकारी दिए।

अझैं पनि गाउँघरमा गर्भअवस्थाको समयमा हुने जटिलतासँगै स्वास्थ्य संस्थामा किन र के का लागि जाने भन्ने राम्रो ज्ञान नहुँदा सचेतनाका लागि गोष्टि महत्वपूण र आवश्यक रहेको रावलको भनाई छ। खार्पुनाथ गाउँपालिकामा १५ देखि ३० जना गर्भवती महिला समूह र सुनौलो हजारदिनका आमाहरुको १५ जनाको समूह बनाइएको छ।

गाउँपालिका अन्तरगतका बर्थिङसेन्टर रहेका स्वास्थ्य संस्थाहरुमा नियमित चेकजाच गराई सुत्तकेरी भएको खण्डामा यातायात खर्च स्वरुप तीन र प्रोत्साहन भत्ता स्वरुप ८ रुपैयाका साथै शिशु र सुत्केकरी आमाको लागि एक सेट न्यानो झोला दिदै आएको छ। साथै यो आर्थिक वर्षदेखि एक क्यारेट अण्डा, साबुन, सेनेटरी प्याटलगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गर्न सुरु गरिएको गापाका स्वास्थ्य संयोजक बलिराज शाहीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।