प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल



काठमाडौँ। नेकपाको विवाद चर्मोत्कर्षमा पुगेको बेल अध्यक्षद्धय केपी ओली र प्रचण्डबीच पुनः सम्वाद सुरु भएको छ।

प्रधानमन्त्रिका प्रेस सल्लाकार सुर्य थापाका अनुसार अध्यक्षद्वयबीच बुधबार बिहान ११ बजे पार्टीको आन्तरिक विवादका बारेमा छलफल भएको हो। उक्त भेटमा पनि पार्टी विवादका बारेमा ठोस निष्कर्ष आउन नसकेको थापाको भनाई छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच २५ कात्तिकदेखिको संवादहीनताको अवस्था गत २० मंसिरमा अन्त्य भएको थियो।

२१ मंसिरमा बसेको स्थायी कमिटीमा अध्यक्ष ‌ओलीले पत्र पठाउँदै प्रतिवेदनमाथि छलफल गर्नुको कुनै औचित्य नरहेको जानकारी गराएका थिए।

स्थायी कमिटीका सदस्यहरुलाई दुवै अध्यक्षका प्रतवेदन अध्ययनको लागि भन्दै २८ गते मंसिरसम्मको समय दिएको छ। यो बीचको समय अध्यक्ष ओली र प्रचण्डबीच सम्वादले निरन्तरता पाएको खण्डमा नेकपामा विवाद समाधान तर्फ उन्मुख हुने देखिन्छ।