के मास्क प्रदुषणको अर्को पाटो हो?



काठमाडौँ। बजारमा थरिथरि माक्स उपलव्ध छन्। कुनै कपडाका, कुनै एन-९५ र सर्जिकल मास्कहरु बजारमा पाइन्छन्। (कोभिड-१९) ले सबैलाई मास्क लगाउनु पर्ने वाध्यता सिर्जना गरेको छ भन्दा फरक नपर्ला।

तर, मास्कले कोरोना रोक्नलाई सहयो त गर्छ। तर, यसले वातावरणमा कस्तो प्रदुषण निम्त्याइरहेको छ? वा यसको प्रयोगले कुनै असर पर्छ या पर्दैन? यस्ता प्रश्नका बारेमा भने सोच्नैपर्छ।

मास्क आज बजारदेखि गाउँका कुनाकुनामा पुगेको छ। अर्को कुरा प्रयोग गरिएका मास्कहरु जथाभाबि फाल्ने गरेको पाईन्छ। सडक चोक, गल्ली जताततै यत्रतत्र मास्क छरिएको देखिन्छन्। तर, तिनीहरुको उचित व्यावस्थापन तर्फ कसैले ध्यान गएको जस्तो लाग्दैन।

मास्क आफैमा प्रयोग भइसकेपछि भाइरस युक्त हुँन्छ र सहि तरिकाले डिस्पोजल नगर्दा भाइरस संक्रमण रोकिनेभन्दा फैलिने अवस्था नहोला भन्न सक्ने अवस्था छैन।

साधारण तथा मास्क दुई प्रकारका हुन्छन्। पुन: प्रयोग गर्नमिल्ने र पुन प्रयोग गर्न नमिल्ने। पुनः प्रयोग गर्न मिल्नेलाइ धोएर केहीदिन प्रयोग गर्न मिल्छ भने पुन प्रयोग गर्न नमिल्ने एक पल्ट प्रयोग भईसकेपछि फेरी फालेर अर्को प्रयोग गर्नुपर्छ। तर, एउटै मास्क पटक पटक प्रयोगले रोगबाट बचाउने सम्भावना न्युन हुने कुरा शास्थ्य विज्ञहरुको बताउछन्।

मास्कको सहि तरिकाले व्यवस्थापन नहुनाले वातावरणमा माटो, पानि, हावा प्रदुशित भइरहेको त छैन? यो अर्को अध्ययनको विषय हो। तर, मास्कको सहि डिस्पोजल नगर्ने हो भने अर्को माहामारी यसैको कारणले सामना गर्नुपर्ने हुनसक्छ।

कोरोनाको महामारी रोक्ने मास्क एउटा सहायक पाटो हो। तसर्थ एउटा रोग लाग्नबाट रोक्न अर्को रोग निम्त्याउनु पनि सुखद हुँदैन। यसबाट वातावरणमा रहेका मानिसबाहेक अन्य जलचर र थलचर जनावरलाई पक्कै पनि असर गछै होला। सास्थ्यकर्मीहरुको र स्वास्थ्यविज्ञहरुको सुझाव सल्लाह अनुसार यसको प्रयोग र व्यवस्थापन गर्न जरुरी हुन्छ।