जनकपुरधाम बिमानस्थलको टर्मीनल भवनको उद्घाटन



काठमाडौँ। नेपाल सरकारको ४२ करोड लागानीमा जनकपुरधाम बिमानस्थलको टर्मीनल भवन, टावर, सुरक्षाकर्मी आवासगृह, पार्कीङ् निर्माण सम्पन्न भएको छ।

पर्यटनमन्त्री योगेश भट्टराईले मंगलबार औपचारिक रुपमा जनकपुरधाम बिमानस्थलको टर्मीनल भवन, टावर, सुरक्षाकर्मी आवासगृह, पार्कीङको उद्घाटन गरेका छन्। समाजवादी पार्टीका नेता राजेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो।

विमानस्थलको टर्मीनल भवन स्टील स्टक्चरको र आधुनिक सुबिधासहितको रहेको छ। सिएए एन कम्पनिले उक्त निर्माण कार्यको जिम्मा लिएको थियो।

तस्बिर: योगेश भट्टराईको फेशबुकबाट।