सर्वदलीय बैठकमा राजसंस्थाको मुद्धाले पाएन स्थान



तस्बिर: के.बि.थापा ‘सुमुन’

काठमाडौं। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको मागले स्थान पाएन।

राजावादीहरुले देशभर प्रदर्शनका कार्यक्रमहरु बढाएलगतै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकको आह्वान गरेका थिए। बैठकबाट बाहिरिएपछि संञ्चारकर्मीहरुसँगको कुराकानीमा राप्रपाका नेता दिपक बोहोराले मुलुकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्र हुनुपर्ने बताए।

नेता बोहोराले राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग गरे पनि बैठकमा उक्त मुद्धाका बारेमा कसैले जवाफ नदिएको जानकारि दिए। बोहोराले राजावादीहरुले गर्दै आएको प्रदर्शनमा राप्रपाको नैतिक समर्थन रहेको उनको भनाई छ।

सरकारले (कोभिड-१९) नियन्त्रण गर्न नसकेको आरोप लगाए। औषधि खरिद तथा व्यवस्थापनमा अनियमितता र भ्रष्टाचार गरेको भन्दै नेकपा सरकारको चर्को आलोचना गरेका छन्।