काठमाडौँ। नेपाली कांग्रेसले सरकारले सरकारका कारण राजावादीहरु सडकमा आएको बताएको छ।
बालुवाटामा मंगलबार आयोजित सर्वदलिय वैठकमा सरकारले ठीक ढंगले काम गर्न नसक्दा जनतामा वितृष्णा जागेको र असन्तुष्टिका स्वरहरु सडकमा देखिन थालेको कांग्रेसको आरोप छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले सबैभन्दा पहिला सरकार सच्चिने हो भने सबै कतिपय समस्या आफै हल हुने धारणा राखेको छ।
बैठकमा काँग्रेसले सरकारको काम कारबाही सहीरुपमा हुन नसकेको, लोकतन्त्र विरोधी गतिविधि सरकारबाटै भएको, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, जनभावनाअनुरुप काम गर्ने नसकेको जस्ता कारणले सरकारप्रति नागरिकमा वितृष्णा बढेको र सोही अनुरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिएको कांग्रेसको भनाइ छ।
बैठकपछि कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले देशभर राजावादीको आन्दोलन बढ्नु सिस्टमको खराबी नभएर सरकारको कार्यशैलीमात्रै भएको बताए।
उनले भने, ‘सरकारले ठीक ढंगबाट काम नगर्दा अहिलेको अवस्था आएको हो। यो सिस्टमको खराबी होइन तर सरकार सञ्चालन गर्नेहरु सच्चिन जरुरी छ।’ महतले आफूहरुले तत्काल संसद बैठक बोलाउन अनुरोध गरेको पनि बताए। सभापति देउवा भने जारी वैठककाबीच १२ः १५ बजे बाहिरिएका थिए।