काठमाडौँ। सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिएसँगै उचाईको बारेमा भइरहने विवादले पूर्णराम पाएको छ।
मंगलबार नापी विभागमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विश्वको सर्वोच्च सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर रहेको घोषणा गरेका छन्।
नापि विभागका प्रवक्ता दामोदर ढकालका अनुसार नापी कार्यमा झण्डै १३ करोड खर्च भएको छ। विस २०७२ सालमा गएको भूकम्पका कारण विश्वमा सगरमाथाको उचाईबारे प्रश्न जम्नेको थियो।
विवादको श्रृङखला
विभिन्न दस्तावेजहरूका अनुसार सन् १९९९ मा अमेरिकाको न्याश्नल जिओग्राफिक सोसाइटीले जीपीएसको सहायताले सगरमाथाको उचाइ ८,८५० मिटर रहेको निष्कर्ष निकाल्यो जसलाई नेपालले स्वीकार गरेन।
सन् २००५ तिर चिनियाँ नापी सर्भेपछि सगरमाथाको उचाइ ८.८४४ दशमलब ४३ रहेको र त्यसमा हिउँको उचाइ चार मिटर जति रहेको निष्कर्ष निकालियो।त्यसपछि उचाइ विवाद झनै चर्किन पुग्यो।
नेपाल र चीनले संयुक्त रूपमा मापन सम्पन्न गरेसँगै सगरमाथाको वास्तविक उचाइलाई लिएर दुई देशबीच रहेको विवादले पूर्णविराम पाउने देखिन्छ।
फरक-फरक उचाइ
सर्वे अफ इण्डियाले प्रारम्भिक चरणमा देहरादुनदेखि डेढ सय किलोमिटर उत्तरपूर्व बिहारमा अवस्थित अवलोकन केन्द्रहरूबाट सगरमाथाको उचाइबारे अध्ययन गरेको थियो। सन् १८४९र५० को अध्ययनले हिमालको उचाइ ८,८४० मिटर देखाएको थियो।
सन् १८८० देखि ८३ सम्म र १९०२ मा भएका प्रयासमा दार्जिलिङबाट हिमालयको उचाइको अध्ययन गरिएको थियो। त्यसअन्तर्गत कर्णेल बुर्राड नेतृत्वको टोलीले उचाइ ८,८८२ मिटर भएको निष्कर्ष निकालेको पनि सर्वे अफ इण्डियाका दस्तावेजमा उल्लेख छ। त्यसैगरी सन् १९५२ देखि ५४ सम्म अघि बढाइएको मापन प्रकियालाई वैज्ञानिक बनाउन सावधानी अपनाइएको थियो र आठवटा स्थानबाट सगरमाथालाई अवलोकन गरिएको थियो।
विगतमा सगरमाथालाई अवलोकन गर्न गलत ठाउँ र उचाइमा मापन केन्द्रहरू राखिएको भन्दै त्यसबेला गरिएको मापनले अहिलेको उचाइ दिएको बताइन्छ। चीनले सन् १९६६.६८ मा आफ्नो तर्फबाट सगरमाथा मापनको काम अघि बढाएको थियो। पहिलो पटकको चिनियाँ सर्वेक्षणमा सगरमाथाको उचाइ ८,८५० मिटर देखिएको थियो।
यसअघि चीन एक्लैले चार पटक र अमेरिका अनि इटलीसँग संयुक्त रूपमा गरी जम्मा छ पटक सगरमाथाको मापन गर्ने प्रयास गरेको दस्तावेजहरूमा उल्लेख छ।