सरगमाथाको नयाँ उचाई ८८४८.८६



काठमाडौँ। नेपालले पहिलो पटक आफ्नै जनशक्ति र प्रयोगशालाको प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरेको छ।

चीनका समकक्षि प्राविधिकहरुसँगको सहकार्यमा भूमि तथा सहकारी मन्त्रालयको नेतृत्वमा सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८.८६ मिटर सर्वे गरिएको हो।

सगरमाथिको उचाइ ८६ सेन्टिमिटर बढेको छ। नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाई घोषणा गरेका हुन्।

सगरमाथाको उचाइ मापन नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो। फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो। १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो।

यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको थियो। सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो।