सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीलाई भौतिक संरचना निर्माणसँगै अन्य संरचनाका लागि १० करोड रुपैयाँ प्रदान गर्ने भएको छ।
मंसिर १८ गते बसेको प्रदेशस्तरीय मन्त्रीपरिषदको बैठकले प्रदेश प्रहरी प्रतिष्ठान र प्रहरी तालिम केन्द्रलगायत विभिन्न संरचना निर्माणका लागि ९ करोड ९३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो।
यो पनि पढ्नुहोस्
बाँकेमा रहेका कार्यालयहरु यसै वर्ष सारिन्छन्: नरेश भण्डारी
भवन निर्माण र पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठानका निर्माणका लागि ३ करोड ९३ लाख, प्रहरी संरचना निर्माणका लागि ५ करोड र प्रहरी तालिम केन्द्र निर्माणका लागि १ करोड प्रदान गर्ने सरकारकी प्रवक्ता एवंम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिएकी छन्।
प्रवक्ता केसीका अनुसार उच्च हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई तालिम दिने उद्देश्यले पर्वतीय प्रहरी प्रतिष्ठान निर्माण गर्न लागिएको हो।
संरचना निर्माणका लागि जग्गा अभावका कारण कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, संघीय प्रहरी इकाइ कार्यालय, दंगा नियन्त्रण गण र कुकुर शाखा लुम्बिनी प्रदेशको नेपालगञ्जबाटै सञ्चालिन हुँदै आएका छन्।
मंसिर १८ गते बसेको मन्त्रीपरिषद बैठकका निर्णय हेर्नुहोस्