माइतीघरमा राजावादीको प्रदर्शन (फोटोफिचर)


काठमाडौं। राष्ट्रिय नागरिक आन्दोलन समितिले राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ।

राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै राजधानीको माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

मध्यान्ह माइतीघरमा राजावादीको बृहद् प्रदर्शनको गरेको हो। सो प्रदर्शनका क्रममा अप्रिय घटना हुन नपाओस् भन्ने उद्देश्यले सुरक्षा निकायले विशेष सतर्कता अपनाउँदै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो।

प्रदर्शनका क्रममा राजावादीहरु विभिन्न नारा अंकित ब्यानर र प्लेकार्ड र राष्ट्रिय झण्डासहित माइतीघरतर्फ भेला हुने क्रम जारी छ।

केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शनलाई मध्यजर गर्दै काठमाडौंमा प्रदर्शन, भेला तथा जुलुस नगर्न आग्रह गरेको थियो।