काठमाडौँ। सत्तारुढ दल नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले पार्टीमा आफूलाई महिषासुर ठान्ने प्रवृत्ति बढेको बताएका छन्।
शुक्रबार थापाथलीमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको जेट विमान समाजवादतिर छ कि पुँजीवादीको यात्रामा छ भनी प्रश्न गरेका छन्।
उनले शिक्षा‚ स्वास्थ्य क्षेत्रमा दलाललाई पोस्न सरकार लागेको आरोप लगाएका थिए। ‘प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिन भनेको होइन? के गरिरहनु भएको छ? वरिपरि भ्रष्टाचारी नै भ्रष्टाचारी छन् किन देख्नुहुन्न?’ भन्दै तामाङले प्रश्न गरेका हुन्।
विद्यार्थीहरुको भेलालाई नेकपाकी स्थायी कमिटि सदस्य अष्टलक्ष्मि शाक्य, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री, अनेरास्ववियूकी केन्द्रीय नेता पञ्चा सिंहलगायतले सम्बोधन गरेका थिए।