काठमाडौँ। समाजसेवामा क्रियाशिल संस्था हेम एण्ड माया फाउण्डेशन नेपालले वागमति प्रदेशमा आफ्नाे शाखा विस्तार गरेको छ।
शुक्रबार विनु तामाङको संयोजकत्वमा ११ सदस्सीय कार्यसमिति गठन गरिएको फाउण्डेशका अध्यक्ष हेम थापाले जानकारी दिएका छन्। त्यस्तै फाउण्डेशको सह-संयोजकमा सञ्जय शर्मा, कोषाध्यक्ष अस्मिता भण्डारी, सचिव ज्योति थापा, सह-सचिव मनिराज रेग्मी रहेका छन्।
फाउण्डेशनको जिल्ला सदस्यहरुमा सोनाम तामाङ (सिन्धुपाल्चोक), हिमाल बस्नेत (रामेछाप), इमानसिंह तामाङ (नुवाकोट), प्रकाश थापा (धादिङ), आर.जे डिअर किरण (मकवानपुर), सुवास तामाङ (रसुवा) रहेका छन्।
वागमति प्रदेशमा फाउण्डेशनको कार्यसमिति गठन गरेपछि संयोजक तामाङले समाजिक सञ्जालमा लेखेकी छन्, ‘समाजसेवामा लाग्नु भएकोहरुको लागि हेम एण्ड माया फाउण्डेशन, नेपाल कुनै नयाँ नाम होइन। लामो समयदेखि समाजसेवामा योगदान पुर्याउदै आएको यस् परोपकारी संस्थाको नयाँ केन्द्रीय कार्यसमिति गठन भएलगत्तै प्रदेशको समिति गठन गर्ने क्रमजारी थियो।’