काठमाडौँ। बितेको २४ घण्टामा देशभर १२७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
संक्रमितमा ४८४ महिला र ७८८ जना पुरुष रहेका छन्। यस्तै १५७५ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख २१ हजार ८४७ र मृतकको कुल संख्या १५६७ पुगेको छ। यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ। मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ९२।९ प्रतिशत रहेको छ।
यस्तै हालसम्म १७ लाख ७१ हजार ९५० जनाको पीसीआर भएको छ भने पछिल्लो २४ घण्टामा ८ हजार ३१ जनाको परीक्षण भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा काडमाडौं उपत्यकामा ६०६ जनामा संक्रमण पुष्टि भएको छ।