कालिकोट। जिल्लाको पचालझरना गाउँपालिकामा पहिलो पटक कर्णालीमा डोजर मार्फत ट्याक्टर तारिएको छ।
ग्रामीण पहुँच कार्यक्रम (याप थ्री) ले पाँच किलोमिटर र पचालझरना गाउँपालिकाले १५ किलोमीटर जिम्मा लिएको जारकोटदेखि बाझकोटसम्मको सडकको काम सम्पन्न भएको छ। दुईपाङ्ग्रे साधनहरु भने पहिलेदेखि नै सञ्चालनमा आएका थिए।
पचालझरना अध्यक्ष खड्कराज सेजुवालका अनुसार गाडि परीक्षणका लागि ल्याइएको हो। औपचारिक रुपमा सडकको उद्घाटन भने गर्न बाँकी छ। पचालझरनामा गाडि पुग्ने भएपछि स्थानीयवासी खुसी भएका छन्।