रात्रीकालिन व्यवसायीहरुद्वारा माइतिघरमा प्रदर्शन


काठमाडौँ। रात्रीकालिन व्यवसाय गर्दै आएका व्यवसायीहरुले आफ्नो व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गर्दै राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

(कोभिड-१९) संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने मागसहित उनीहरुले बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन्।

यसअघि बुधबार उनीहरुले ठमेलमा पनि उनीहरुले प्रदर्शन गरेका थिए। रात्रीकालिन व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानर लिएर प्रदर्शन गरेका थिए।