सुर्खेतमा लाग्यो गणतन्त्र खारेजीको नारा


सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पनि गणतन्त्र खारेजीको नारा लागेको छ।

बिहिबार हिन्दुराष्ट्र राजसंस्था पुर्नस्थापना संघर्ष समितिले आयोजना गरेको ¥यालीमा गणतन्त्र खारेजीसँगै राजसंस्थाको पुनःस्थापनाको नारा लागेको हो।

प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरु राजा आउ, देश बचाउ, गणतन्त्र धोका हो, हिन्दुराष्ट्र कायम गर जस्ता नाराहरु लगाएका छन्।

पछिल्लो समयमा वर्तमान राजनीतिक दल र तिनका नेताहरुले देशलाई सुशासन तिर लैजान नसकेको, देशमा मौलाउँदो भ्रष्टचार तथा धर्मप्रतिमाथि आक्रमण भएको भन्दै राजावादीहरु आन्दोलित बनेका छन्।