नायिका श्वेता खड्का मंसिर २२ मा विवाह गर्दै



काठमाडौँ। नायिका श्वेता खड्का अन्ततः दोस्रो पटक बैबाहिक जीवनमा बाँधिने भएकी छन्।

नायिका खड्काले यहि मंसिर २२ गते विवाह बन्धनमा बाँधिन लागेको बताएकी छन्। नायिका खड्काले धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गर्न लागेको जानकारी गराएकी छन्।

स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ। विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए। यसअघि नायिका खड्काको बिहे मंसिर ५ गते हुन लागेको चर्चा भएको थियो।

‘कहाँ भेटिएला’ नामको चलचित्रबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी नायिका खड्काले नायक स्व.श्रीकृष्ण श्रेष्ठसँग विसं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन्।

तर, बिडम्बना विवाह भएको करिब एक महिनापछि वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा श्रीकृष्णको निधन भएको थियो। उनी पछिल्लो समय समाजसेवा र चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छन्।