बालुवाटारभित्र केपी-प्रचण्डबीच भनाभन, पत्रकारहरु सडकमा (भिडियोसहित)



काठमाडौँ। नेकपा सचिवालयको वैठकको रिर्पोटिङका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका पत्रकारहरु ४ घण्टासम्म सडकमा उभिन बाध्य भएका छन्।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको रिर्पोटिङको लागि त्यहाँ पुगेका पत्रकारहरुले बालुवाटार प्रवेश पाएनन्। नेकपा र सरकारले मिडियालाई हेर्ने दृष्टिकोण गैरजिम्मेवार भएको भन्दै पत्रकारहरुले विरोध जनाएका छन्।

पत्रकारहरुले नेकपाको वैठक पार्टी कार्यालयमा बस्नुपर्ने भएपनि प्रधानमन्त्री निवास बालुवाटारमा राखेर पत्रकारहरुलाई सास्ति दिएको टिप्पणी गरेका छन्। केही पत्रकारहरुले नेकपाको वैठकलाई वहिष्कारसम्म गर्नुपर्ने धारणा राखेका छन्।

प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष्य प्रचण्डबीच बालुवाटारमा बाजाबाज हुँदैगर्दा पत्रकारहरु पार्टी पवक्ताको वाईटका लागि सडकमा घण्टौसम्म उभिनुपर्ने बाध्यता एक दिनको मात्रै होईन। बारम्बार पत्रकारहरुमाथि असहिषुण देखिएको नेकपाको सरकारले चौतर्फि आलोचना खेप्नु परेको छ।