नरहरिनाथ गापामा १५ शैय्याको अस्पताल शिलान्यास



कालिकोट। देशभरका ३०९ वटा स्थानीयत तहमा सोमबार ५ देखि १५ शैय्याका आधारभूत अस्पतालको एकसाथ शिलान्यास गरिएको छ।

‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अन्तरगत मंगलबार जिल्लाको नरहरिनाथ गाउँपालिकाले १५ शैय्याको अस्पतालको शिलान्यास गरेको छ। संघीय सरकारको यहि मंसिर १५ गते एकैदिन देशभर ३०९ वटा अस्पतालहरु शिलान्यास गर्ने कार्यक्रम थियो।

विविध कारण बस मंसिर १५ गते शिलान्यास हुन नसकेको उक्त अस्पताल गाउँपालिकाले मंगलबार शिलान्यास गरिएको गापा अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिएका छन्।

कर्णाली प्रदेश सरकारका सदस्य तथा सचेतक कुर्मराज शाही, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष धन्जित शाही (आदर्श) , नेपाली कांग्रेस कालिकोटका पार्टी प्रवक्ता नगेन्द्र बिष्टलगायतको उपस्थितिमा उक्त अस्पतालको उद्घाटन गरिएको हो।

तस्बिर: लक्रराज धमाला/खगेन्द्र बुढा