गगनको योजनाअनुसार ३०९ वटा अस्पतालको शिलान्यास


काठमाडौँ। देशभरका ३०९ वटा स्थानीयत तहमा सोमबार ५ देखि १५ शैय्याका आधारभूत अस्पतालको एकसाथ शिलान्यास गरिएको छ।

स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन तत्कालिन माके-कांग्रेसको संयुक्त सरकारले उक्त योजना अघि सारेको थियो। त्यतिबेला गगन थापा स्वास्थ्य मन्त्री थिए। सोही योजनाअनुसार वर्तमान सरकारले ३९६ स्थानीय तहमा अस्पताल बनाउनका लागि ५७ अर्ब ९७ करोड बजेटको स्रोत सुनिश्चित गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार जग्गा प्राप्ति भइसकेका स्थानहरुमा अस्पतालको शिलान्यास गरिएको र बाँकी स्थानीइ तहमा मंसिरभित्र शिलान्यास गरिनेछ।