एन्टिजेन प्रणालीबाट २० मिनेटनमै कोरोना परिक्षण



काठमाडौँ। सरकारले सोमबारबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ।

कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए।

काठमाडौँ उपत्यकाका कोरोना प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको हो। काठमाडौँ महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गरिने भएको छ।

डा. पाण्डेका अनुसार काठमाडौँ महानगरका कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ। उनले सोमबार पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएकोे र २० देखि २५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताए।

एन्टिजेनमा पीसीआर जस्तै विधि भएको बताउँदै डा.पाण्डेले घाँटीबाट स्वाब सङ्कलन गरेर परीक्षण गरिन्छ भने। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।